नयाँ सरकार गठन नै अहिलेको राजनीतिक कार्यभार- नारायणकाजी श्रेष्ठ
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठन नै अहिलेको मुख्य राजनीतिक कार्यभार रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै श्रेष्ठले प्रतिगामी र विसर्जनकारी हमला भएकाले एमाले–माओवादी एकता कायम रहन नसकेको बताए ।
‘पुस ५ गते संविधानविपरीत प्रतिनिधिसभा विघटन गरियो, यो प्रतिगामी हमला थियो । त्यसपछि पुस ७ गते विसर्जनकारी कोणबाट हमला भयो र हाम्रो पार्टी (तत्कालीन नेकपा) माथि विभाजन लादियो र छुट्टै नेकपा नामको पार्टी बनाएर नेपाली कम्युनिष्ट आन्दोलनलाई प्राप्त अवसर गुमाउने काम हाम्रै साथीहरुबाट भयो,’ उनले भने,‘हामीले पहिले त संविधानलाई लिकमा ल्याउने र सबै प्रतिगमनलाई सच्याउनुपर्छ भन्यौं र त्यसमा सफल भयौं र प्रतिनिधिसभा पुनस्र्थापना भयो, तर प्रतिनिधिसभा ब्युतिएँपनि प्रतिगमनको खतरा अन्त्य भइसकेको छैन र हाम्रो खबरदारी निरन्तर जारी छ भनेर हामीले त्यतिबेला पार्टीको वक्तव्य निकालेका थियौं ।’
एमाले र माओवादीलाई साबिककै अवस्था ब्युताउँने सर्वोच्चको फैसला योजनावद्ध र राजनीतिक रहेको आरोप उनले लगाए । ‘यो राजनीतिक छ, अस्वभाविक छ र षडयन्त्रको उपजमा आएको छ,’ उनले भने । वैदेशिक शक्तिहरुले नेपालमा प्रतिक्रान्ति र हस्तक्षेप निम्त्याउन प्रधानमन्त्री केपी ओलीलाई प्रयोग गरेको आरोप उनले लगाए । ‘केपी ओलीको सरकारलाई ढालेर नयाँ सरकार बनाउनु अहिलेको मुख्य आवश्यकता हो । किनकि, वैदेशिक हस्तक्षेपकारी शक्ति र यहाँको प्रतिक्रान्तिको प्रक्रिया यही सरकारमार्फत चलिरहेको छ ।
त्यसैले अहिलेको पहिलो राजनीतिक कार्यभार यो सरकार विस्थापित गरेर नयाँ सरकार बनाउने हो’ उनले भने । काँग्रेस, माओवादी र जसपा मिल्दा मात्रै केपी ओली सरकारलाई विस्थापित गर्न सकिने उनले बताए । ‘जसपा भित्रको अन्तरविरोध देख्नुभएकै छ, तर जसपाको कुनै पक्षलाई पनि आक्रमण गर्ने काम नगरौं । किनकी, जसपालाई कुनै न कुनै ढंगले ओली इतरको गठबन्धनमा ल्याउन प्रयत्न गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण