सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ: रामचन्द्र पौडेल
बेनी। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले व्यवस्था जोगाउनतिर भूमिका खेल्नुपर्ने बताएका छन् । काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ पुन्यतिथिमा आज जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले भने, ‘‘लामो सङ्घर्षबाट अहिलेको व्यवस्था परिवर्तन भएको हो, यसमा काँग्रेसको ठूलो योगदान छ, हाम्रो पार्टीले सत्ता होइन, व्यवस्था जोगानुपर्छ ।” काँग्रेसले आफ्नो सिद्धान्त र एजेन्डालाई जनताले बुझ्ने गरी लैजान नसक्दा बिपी कोइरालाकै एजेण्डा बोकेर कम्युनिष्टले दुई तिहाइ नजिकको मत ल्याएको नेता पौडेलले जिकिर गरे ।
“गम्भीर समीक्षा गर्नुपर्छ, हामीले हाम्रो सिद्धान्त र दर्शनलाई ठीकसँग व्यवहारमा पनि उतार्न सकेनौँ र ठीकसँग जनतालाई बुझाउन पनि सकेनौँ, त्यसले हामी गुपचुपमा बस्नु हुँदैन्”, नेता पौडेलले भने । उनले काँग्रेस प्रजातन्त्रवादीसँगै समाजवादी रहेको जिकिर गर्दै किसानको पार्टी र श्रमिकको साथी काँग्रेस नै भएको ठोकुवा गरे ।
काँग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको नेता पौडेलको भनाइ थियो । “काँग्रेसले समयमै ढुलमुल नगरेको भए सङ्घीयसँगै वाग्मती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो तर त्यो अवसर फुत्कियो”, नेता पौडेलले भने । काँग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको बताउँदै उहाँले पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण