शारिरीक बनावटमात्रै फिटनेस होइन : दीपिका पादुकोण
बलिउड अभिनेत्री दीपिका पादुकोण केवल शारीरिक बनावटलाई मात्रै फिटनेस मान्दिनन् । फिटनेसको अर्थ मन, शरीर र आत्मबीच सन्तुलन ल्याउनु रहेको उनको बुझाई छ ।
उनी भन्छिन्,‘मेरो बुझाईमा फिटनेसको अर्थ शरीरको बनावटभन्दा धेरै हो ।
फिटनेसको अर्थ दिमाग, शरीर र आत्मालाई सन्तुलित गर्नु हो । अर्थात, शारीरिक, मानसिक र भावनात्मक तीनवटै रुपले फिट हुनु हो । यो हरेक दिन राम्रो कुराको चयन गर्ने विषय पनि हो । ताकि, हामी आफैंलाई राम्रो बनाउन सकौं ।’
१९८६ मा जन्मिएकी दीपिका बलिउडका सफल नायिकाको सुचीमा पर्छिन् । २००६ मा कन्नड फिल्म ‘ऐश्वर्या’ मार्फत उनले अभिनय यात्रा थालेकी थिइन् । अभिनयमा आउनुअघि उनी ब्याडमिन्टन खेलाडी थिइन् । २००७ मा प्रदर्शनमा आएको ‘ओम शान्ति ओम’ दीपिकाको पहिलो बलिउड फिल्म हो ।
यस फिल्मबाट उनले त्यस वर्ष बलिउडमा डेब्यु अभिनेत्रीको फिल्म फेयर अवार्ड हासिल गरिन् । त्यसयता, उनले कक्टेल, ये जवानी हे दिवानी, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यु इयर, बाजिराव मस्तानी, पद्मावतलगायत सफल फिल्ममा अभिनय गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण