डीपीआर भएको ३ वर्षमा पनि बनेन काँक्रेविहार संरक्षित क्षेत्रको ‘कम्पाउण्ड वाल’
सुर्खेत । काँक्रेविहार संरक्षित क्षेत्रको ‘कम्पाउण्ड वाल’ विस्तृत अध्ययन प्रतिवेदन (डीपिआर) भएको लामो समय भइसक्दा पनि हालसम्म काम सुचारु हुन सकेको छैन । डिपिआर गरेको तीन वर्ष पूरा भइसक्दा समेत विभिन्न बहानामा हालसम्म काम सुचारु हुन नसकेको हो ।
जसको कारण काँक्रेविहार संरक्षण क्षेत्रमा रहेका जनावरसमेत असुरक्षित बन्दै गएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा रहेको नेपालकै एकमात्र संरक्षित क्षेत्र काँक्रेविहार, पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ ।
यहाँ दैनिकजसो सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकन गर्ने गरेका छन् ।
यस क्षेत्रको पर्यटकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल लगाउन २१ करोड लागत अनुमानमा डीपिआर निर्माण गरिएको जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले बताए ।
उनका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्ने छ भने पूर्व र दक्षिण भागमा आपतकालीन द्वार (इमरजेन्सी एक्जिट) बन्ने भएको छ ।
गत आर्थिक वर्षको फागुन महिनामा उक्त काँक्रेविहार क्षेत्रको कम्पाउन्ड वाल (वरिपरिको पर्खाल)का लागि टेण्डर भैसकेपनि स्वीकृत हुन बाँकी रहेको प्रमुख दाहालले जानकारी दिए ।
‘गत आवको फागुन महिनामै टेण्डर भएको हो’ उनले भने, ‘रकमको स्रोत सुनिश्चितता नहुँदा टेण्डर स्वीकृत हुन सकेको छैन ।’
चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले रकम स्रोत सुनिश्चितता गरिदिएपछि चैत्र मसान्तभित्रै ठेक्का स्वीकृत भै काम सुचारु गरिने प्रमुख दाहालले बताए ।
काँक्रेविहार संरक्षित क्षेत्रको बाटो देखाएर जग्गा कारोबार
काँक्रेविहार संरक्षित क्षेत्र वरिपरिको बाटो देखाएर जग्गा कारोबार गर्ने गरिएको पाइएको छ ।
उक्त, काँक्रेविहार क्षेत्र सीमा भित्र सडक रहेको छ । सोही सडकलाई देखाई आसपासको जग्गा किनबेच भैरहेको पाइएको हो ।
काँक्रेविहार संरक्षित क्षेत्रको सीमामा कम्पाउण्ड वाल निर्माण गरिसके पश्चात ती जग्गामा जानको लागि छुट्टै सडक निर्माण गर्नुपर्ने हुन्छ ।
पर्खालका लागि तयार गरिएको डिपिआर अनुसार काँक्रेविहार क्षेत्रको पश्चिममा प्रमुख गेट बन्ने छ भने पूर्व र दक्षिण भागमा इमर्जेन्सी गेटमात्र बन्ने छन् ।
यद्यपि, पर्खाल निर्माण हुनुअगावै जग्गा कारोबारीहरुले उक्त बाटो देखाएर जग्गा किनबेच गर्ने गरेको पाइएको हो ।
जग्गाका लागि आवश्यक बाटो भनेर काँक्रेविहारको बाटो देखाएकोले जग्गा किन्नका लागि तयार भएको जग्गाधनीहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण