बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रेम प्रस्ताव असफल भएपछि कविताको हत्या

मङ्गलबार, ०३ चैत २०७७, २१ : ०८
मङ्गलबार, ०३ चैत २०७७

सुर्खेत ।  सल्यानको त्रिवेणी गाउँपालिका – १ काभ्राकी १६ वर्षीया कविता बोहोराको असफल प्रेमकै कारण हत्या गरिएको प्रहरीले पुष्टि  गरेको छ।  गत वर्ष फागुन २ गते प्रणय दिवसकै राति भएको कविताको निर्मम हत्याको मुख्य कारण असफल प्रेम नै रहेको पुष्टि भएको कुरा सल्यान प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  

कविताको हत्या भएको एक वर्ष एक महिना पछि जिल्ला प्रहरी कार्यालय सल्यानले हत्यामा संलग्न १६ वर्षीय एक किशोरलाई पक्राउ गर्न सफल भएको छ।  प्रहरीको लामो अनुसन्धानपछि घटनामा संलग्न किशोरलाई पक्राउ गरेर जिल्ला अदालत सल्यानको निर्णय बमोजिम पुर्पक्षका लागि नेपालगञ्ज सुधार गृहमा पठाएको छ । 

कवितालाई आफूले प्रेम गर्ने तर कविता अर्कै व्यक्तिसँग प्रेम सम्वन्धमा रहेको थाहा पाएपछि हत्या गरेको कुरा अभियुक्तले स्वीकार गरेको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गोविन्द थापाले बताए। प्रहरीले अनुसन्धानका क्रममा २ दर्जन वढी व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याएको र निकै सुक्ष्म अनुसन्धान पछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको थापाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप