डोल्पामा डोजर पल्टिदा सहचालकको मृत्यु
बुधबार, ०४ चैत २०७७, १२ : ५५
सुर्खेत । हिमाली जिल्ला डोल्पामा सडक खन्ने क्रममा डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ ।
जिल्लाको त्रिपूरासन्दरी नगरपालिका–३ रुमगाउँमा सडक खन्ने क्रममा डोजर पल्टिदा जाजरकोट नलगाड नगरपालिका–११ घर भएका १७ वर्षीय हेमराज सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुलिघाट–शे–फोक्सुण्डो जोड्ने नयाँ सडक खन्ने क्रममा डोजर पल्टिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
डोजर सडकबाट तीनसय मिटर तल खसेको छ । प्रारम्भिक अनुसन्धानमा सह–चालकले नै डोजर चलाएको र सडक खन्ने क्रममा पल्टिएको बताइएको छ ।
चालक फरार रहेकाले डोजरधनीलाई बोलाएकाले घटनाको एकिन विवरण खुल्नेछ । डोजरको नम्बर समेत खुलेको छैन । डोजर बुधबार विहान ६ बजेतिर दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण