ब्यूँतियो वाईसीएल, जेठ २८ देखि ३० गते राष्ट्रिय भेला गर्ने
बिहीबार, ०५ चैत २०७७, १६ : ५०

काठमाडौं । माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।
संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।
बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार