नेता कार्यकर्तालाई माधव नेपालको निर्देशनः ओली प्रवृत्ति र विचारको भण्डाफोर गर्नुस्
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । कार्यकर्ता भेलाको अन्तिम दिन नेता नेपाले पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेको भन्दै नेता कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले सोही अनुसार सचेत हुन पनि आग्रह गरेका छन् । ‘लडाउने भिडाउने काम हुनसक्छ तपाईहरु सबै हिसाबले तयार रहनुहोला’, नेता नेपालको भनाइ छ ।
उनले कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू अझैपनि कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध रहेको भन्दै ती नेताहरू आज पनि एकताकै पक्षमा रहेको बताए ।
‘केपी ओलीको गलत प्रवृत्तिविरुद्ध पुराना नेताहरुले समेत साथ दिन तयार रहेको भन्दै नेपालले भेलामा पेश गरेको दस्तावेजका आधारमा अघि बढिने बताए । उनले केपी ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएपछि केही सांसदहरुलाई खबर गर्न नपाउँदा उनीहरु गएको चित्त दुखेको हुनसक्ने बताए । ‘तपाईहरु दुःख नमान्नुहोला । चियापान कार्यक्रममा पुग्नुभएछ खबर नहुँदा । गएका साथीहरूलाई बालुवाटार अपमान भएछ । ओलीजीको गुटको मानसिकता एकदम गलत छ । वैचारिक विचलन संगठनका ध्वस्त गर्ने आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ । अब हामीले वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आएको छ’ नेता नेपालको भनाइ छ ।
उनले एमालेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा आफ्नो पक्ष नै बहुमतमा रहेको भन्दै केन्द्रीय कमिटीमा समेत बहुमत पुग्ने दावी गरे । नेपालले ओलीसँग कमिटीको सामना गर्ने आँट नरहेकाले उनी वैधानिक रूपमा अगाडि बढ्न नचाहेको बताए । ‘हामी चुनौती दिन चाहन्छौ बैठक बोलाउन त्यहाँ सामना गरौंला’, नेपालले ओलीलाई चुनौती दिए ।
उनले ओलीसँग नडराउने, नतर्सिने नझुक्ने पनि बताए । ‘हामी कमजोर छैनौं । कस्ता कस्तासँग डराइएन । यस्ता मानिससँग हामी डराउँदैनौ’ नेपालको दावी छ । आफुहरुले ओलीलाई नवौं महाधिवेशनको दस्तावेजमा आउनुस् भनेको भन्दै त्यसमा ओलीले छलफल नै गर्न नचाहेको बताए । ‘ओलीलाई आफुहरुले नै जिताएको तर राम्रो काम गरेनन् । ओलीको विचार र प्रवृत्ति विरुद्ध भण्डाफोर गर्नुस् देशैभर । जबजको मूल्य मान्यताअनुसार भण्डाफोर गर्ने हो’ निर्देशन दिँदै नेपालले भने ।
उनले कार्यकर्ताहरूलाई जनताको पीडा र समस्यामा साथ दिएर अगाडि बढ्न पनि निर्देशन दिए । ‘२०७१ देखि २०७५ को वैशाख र पार्टी एकीकरण हुँदाको अवस्था ओलीले के–के गरे तिनको समीक्षा गरेर अगाडि बढ्ने हो । एकता गर्दा मनपरी मानिस नियुक्त गरे । प्रधानमन्त्री भएको दिनदेखि राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गरे । एकल रूपमा शासन गर्ने काम भयो’ उनले ओलीलाई सम्झाउन र सुधार्न धेरै प्रयास गरेपनि असफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण