हुम्लाको सिमकोटमा विद्युत् अवरुद्ध हुने
हुम्लाको सदरमुकाम सिमकोटसहित दुई वटा गाउँपालिकामा अनिश्चित समयका लागि विद्युत् विद्युत् भार कटौती हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण सिमकोटले पावर हाउसमा रहेको पेनइस्टक पाइपको मर्मत गर्ने भएका कारण एक सूचना जारी गर्दै मर्मत नहुँदासम्मका लागि विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
हेल्दुङ वितरण केन्द्रको पावरसाउस पछाडिबाट पानी चुही उक्त ठाउँमा मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने हुँदा विद्युत् सेवा अवरुद्ध हुने भएको प्राधिकरणका निमित्त कार्यालय प्रमुख तेजेन्द्रबहादुर शाहीले जानकारी दिए ।
बिहान १० बजेदेखि मर्मत कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । यस्तै हेल्दुङ वितरण केन्द्र सिमकोटले विद्युत् उपभोग गर्ने सम्पूर्ण ग्राहक वर्गलाई बिहान र साँझ पिक लोडमा खाना पकाउने हिटर, रुम हिटर, इन्भटर र उद्योग सञ्चालन नर्गनसमेत आग्रह गरेको छ ।
यो वर्ष हिमपात नहुँदा पानीको स्रोत कम भएकाले ५०० किलोवाट क्षमता भएको आयोजनाले जम्मा ८० किलोवाट विद्युत् उत्पादन गरेको हुँदा ग्राहक वर्गलाई पावर बढी तान्ने इलोक्ट्रोनिक साधन प्रयोग नर्गनसमेत आग्रह गरेको छ ।
उक्त आयोजनाबाट यस वर्ष पानी अभावले विद्युत् उत्पादन घटेको नेपाल विद्युत् प्राधिकरण सिमकोटले जानकारी दिएको छ । कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको प्राधिकरणले जनाएको छ । सिमकोट र खार्पुनाथ दुई गाउँपालिकाका विद्युत् उपभोग गर्ने सेवाग्राही प्रभावित हुने भएका छन् । सिमकोटमा दैनिक २० घण्टा विद्युत्भार कटौती हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण