बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कम्युनिष्टले गरेको अपराध रोक्ने काम काँग्रेसले गर्छ : गगन थापा

शनिबार, ०७ चैत २०७७, १६ : ५४
शनिबार, ०७ चैत २०७७

 सुर्खेत । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले  कम्युनिष्टहरुले देशमा अपराध गरिरहेको दावी गरेका छन् । 
आफ्नो आन्तरिक लडाइँले यति लामो समय सम्म देशलाई अन्योलमा राख्ने काम कम्युनिस्टले गरेको आरोप लगाउँदै उनले त्यस्तो अपराध रोक्ने काम कांग्रेसको काँधमा आएको बताए । 

शनिबार सुर्खेतमा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गदै उनले भने ,‘ अब, काँग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन । सरकार बनाउन प्रयास गर्छ ।  हाम्रो जस्तो पार्टीले यो अबस्थामा सरकार बनाउने निर्णय गर्नुपर्छ ।’
 ओली सरकारको आयु सकिएको संकेत गर्दै उनले काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा थापाले राखे ।
फरक प्रसङ्गमा थापाले युवाहरुलाई देशमै रोजगारीको अवसरहरू प्रदान गरिनुपर्ने बताए । 

‘लाखौँ युवाहरु विदेशमा हुनुहुन्छ । उहाँहरुको पठाएको पैसा सिंहदरबारमा जम्मा गरेर कम्युनिष्टहरुले वृद्धभत्ता ५ हजार बढाउँछौँ भनेर नारा फिँजाइरहेका छन् । त्यो कम्युनिष्टहरुको मूर्खता हो,’ थापाले भने ।
युवाहरुले नै पठाएको पैसा वृद्धभत्ता भनेर बाँड्ने नभइ त्यी युवालाई देशमै रोजगारी दिनुपर्ने उनले धारणा राखे । 
साथै उनले अब काँग्रेसपनि सच्चिने बेला आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप