मुगुमा घोडाबाट लडेर एक किशोरको मृत्यु
शनिबार, ०७ चैत २०७७, २१ : ११
सुर्खेत । मुगुमा घोडाबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा – ८ सिगाडी बस्ने हस्त रावलका छोरा वर्ष १५ का राजेन्द्र रावलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार माथिल्लो मिली चौर स्थित आफ्नै घोडामा चडी र घोडा चराउन गएको अवस्थामा एक्कासी घोडा तर्सिँदा घोडाको काँटिको डोरीमा खुट्टा अल्झन गई १ सय ५० मिटर पर सम्म लतारिन जाँदा शरीरको विभिन्न भागमा चोटपटक लागि घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए ।
शव पोस्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय मुगुमा ल्याई थप अनुसन्धान भईरहेको छ,’ उनले भने । मृतक बालक कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई घोडामा सवार गराई सेवा दिँदै आइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण