१९ वर्षीय युवा घर खोज्दै सुर्खेत आइपुगेपछि...
सुर्खेत । चार कक्षामा पढ्ने बेलामा बेपत्ता भएका बालक युवा भएपछि स्वदेश फर्किएका छन् । कृष्ण कार्की नाम बताउने १९ वर्षीय युवक अहिले सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा बसिरहेका छन् । शिव माध्यमिक विद्यालय लाटीकोइलीमा कक्षा ४ मा पढ्ने बेला आफन्तले आफूलाई दिल्लीमा बेचेको उनको दावी छ ।
हाल लाटीकोइलीस्थित खगेन्द्र कार्कीका घरमा बसिरहेका कृष्ण अहिले बेवारिसे जस्तै बनेका छन् । उनका बुवा–आमा पत्ता नलाग्दा उनी बेवारिसे बनेका हुन् ।
प्रहरी र स्थानीयले उनका बाबु–आमा पत्ता लगाउन प्रयास गरेपनि हालसम्म नभेटिएका हुन् ।
कृष्णले बाजेको नाम गोपाल कार्की, बाबु गणेश कार्की, आमा धौली कार्की भएको बताउँदै आएका छन् । यस्तै उनका परिवारमा भाइ किशोर कार्की र बहिनी कल्पना कार्की पनि भएको बताएका छन् ।
उनले आफ्नो परिचय दिने क्रममा मामाहरु केशव विष्ट, लामसिंह विष्ट भएको र एउटा मामा नेपाल आर्मीमा भएको बताएका छन् । उनले आफ्नो मामाघर दैलेखको पश्चिम क्षेत्रमा भएको बताउँछन् । ‘मामाको घर जाने बेला दैलेखको ठाँटीकाँध उता खोला तरेर उकालो जाँदा मन्दिर आउँछ’ कृष्णले भने, ‘मन्दिरको नजिकै मामाको पत्थरले छापेको घर छ ।’
चार कक्षामा पढ्दा आफन्तले आफूलाई बेचेको कृष्णले बताएका छन् । पछि आफूलाई बस्दै आएका घर मालिकले बालगृहमा राखिदिएको उनको भनाइ छ । भारतको अनाथ आश्रममा रहेका कृष्ण नेपाल र भारतीय दूतावासको सहयोगमा काठमाडौं आउन सफल भएको बताए । उनलाई केही समय काठमाडौं चाबहिलस्थित बाल सुधार गृहमा राखिएको थियो ।
‘म जहिले पनि कापी कलम पाउने वित्तिकै आफ्नो नाम र ठेगाना लेख्ने गर्थे । नाम कृष्ण कार्की, ठेगाना सुर्खेत ८ लाटीकोइली, पहाड घर दैलेख ।’ उनले भने, ‘अनाथ आश्रमका मान्छेलाई घर ठेगाना बताएपछि मलाई अड्डासार गरी महेन्द्रनगर हुँदै सुर्खेत ल्याइएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण