‘कहोना प्यार है’ का लेखक तथा फिल्म निर्देशक सरहदीको निधन
मुम्बई । बलिउड फिल्म उद्योगका चर्चित लेखक तथा निर्देशक सागर सरहदीको निधन भएको छ । २२ मार्च अर्थात आज सोमबार बिहान उनको निधन भएको बलिउड मिडियाले जनाएका छन् । ८८ वर्षका सरहदीको हृदयघातका कारणले निधन भएको हो । हालै हृदयघातका कारण उनलाई मुम्बईको एक अस्पतालको आइसीयु वार्डमा भर्ना गरिएको थियो । यस अगाडि २०१८ मा पनि उनलाई हृदयघातको समस्यामा यसै अस्पतालमा राखिएको थियो ।
सरहदीको निधनको खबरले बलिउड फेरि शोकमा डुबेको छ । विभिन्न स्टार्सले ट्वीटमार्फत उनको आत्माको शान्तिको कामना गरिरहेका छन् । फिल्म मेकर अशोक पण्डितले सरहदीको निधन फिल्म उद्योेगका लागि ठुलै नोक्सान रहेको बताएका छन् ।
लामो फिल्मी करियरमा सागर सरहदीले ‘नूरी’, ‘बाजार’, ‘कभी कभी’, ‘सिलसिला’, ‘चाँदनी’, ‘दिवाना’, ‘कहोना प्यार है’ जस्ता सफल फिल्मको स्क्रिप्ट लेखका छन् । उनले स्मिता पाटिल, फारुख शेख र असीरुद्दीन शाहको मुख्य भूमिका रहेको फिल्म ‘बजार’ को निर्देशन गरेका थिए । उनले फिल्मको अलवा नाटक पनि लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण