माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
सोमबार, ०९ चैत २०७७, १७ : ४०
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् ।
उनका अनुसार बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन ।
माओवादीले समर्थन फिर्ता नलिएरै ओलीको विकल्प दिन काँग्रेस र जनता समाजवादी पार्टीसँग संवादमा अगाडि बढाएको थियो । काँग्रेस र जसपाले माओवादीलाई समर्थन फिर्ता नगरेकाले राजनीतिक निवासको ढोका नखुलेको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण