माओवादी बैठक सुरु : समर्थन फिर्ताबारे के गर्ला निर्णय ?
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा अलमलमा रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट जारी स्थायी समिति बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
माओवादी नेताहरुका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयका साथै साङ्गठानिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो । तर, ओलीको विकल्पमा गठबन्धन तयार नभएकाले केही दिन पछि हटेको थियो ।
‘आजको बैठकमा समर्थन फिर्ताबारे पनि छलफल हुनसक्छ’, माओवादीका एक नेताले भने, ‘पार्टीहरुबीचको छलफल, नयाँ सरकार लगायतका विषयमा छलफल त हुने नै भयो । तर निर्णय के हुन्छ भन्ने छलफलपछि मात्रै थाहा होला’, ति नेताले रातोपाटीसँग भने, ‘माओवादीले प्रतिगमनकारी सरकारलाई दिएको समर्थन फिर्ता लिन किन ढिला गरिरहेको छ ? भन्ने प्रश्नहरु उठेका छन् । यसबारे पनि बैठकमा छलफल हुनुपर्छ ।’
यसअघि माओवादी केन्द्रले दलहरूसँग छलफलका लागि भन्दै केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेको थियो । तर बैठक स्थगित गरेको एक साता बित्दा पनि दलहरूसँग औपचारिक छलफल गर्न सकेको छैन ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरुले माओवादीलाई समर्थन फिर्ता लिएर देखाउन चुनौति दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण