आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

२२६ घरधुरी भएको गाउँ रित्तिएर १८ घरधुरी बाँकी, त्यही पनि ७ घर जले

बिहीबार, १२ चैत २०७७, १४ : ५३
बिहीबार, १२ चैत २०७७

 गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५ स्थित साविक आँपचौर गाविसको खर्बाङ गाउँमा गएराति आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका छन् । बसाइँसराइँको क्रम बढेपछि अहिले गाउँ रित्तोप्रायः बनेको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेका अनुसार जलेर नष्ट भएको सात वटै घर गोठमा मानिसहरु बस्दैनन् । बसाइँसराइँ गरेर छाडेको अनमबहादुर सार्कीको घर जलेर नष्ट भएको छ । त्यस्तै बलबहादुर बिक, बेदबहादुर सार्की, देवाने परियार, केशर भट्टराई र पदमपाणि परियारलगायतको घर गोठ जलेर नष्ट भएको हो ।

 मुसीकोट नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष भारिथ खरेलका अनुसार २०५४ सालको निर्वाचनताका त्यस खर्बाङ गाउँमा २ सय २६ घरधुरी बसोबास गर्दथे । त्यसयता निरन्तर बसाइँसराइँ बढ्दै जाँदा हाल १८ घरधुरी मात्र बाँकी रहेको छ ।  १८  घरधुरी मध्ये अधिकांस राम्चे गाउँबाट आएर बसेकाहरु भएको उनले बताए ।  

वडाध्यक्ष खरेलका अनुसार खेतीपातीका लागि उर्वर भूमि त्यस गाउँमा विद्यालय र मोटर बाटो सुविधाको अभावमा बसाइँसराइँ बढेको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप