जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
सारांश
- जोर्डनमा इरानले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
- सेन्टकमका अनुसार आक्रमणपछि घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
- जोर्डनको सेनाले रातको समयमा आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका १० वटा इरानी क्षेप्यास्त्रहरूलाई आकाशमै निष्क्रिय पारेको जनाएको छ ।
काठमाडौँ । शुक्रबार जोर्डनमा इरानले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सैन्य अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन् ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणपछि घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको थियो । हाल उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्। सामान्य घाइते भएका अन्य सैनिकहरू भने आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।
यसअघि जोर्डनको सेनाले रातको समयमा आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका १० वटा इरानी क्षेप्यास्त्रहरूलाई आकाशमै निष्क्रिय (इन्टरसेप्ट) पारेको जनाएको थियो । यसबाट कुनै क्षति नभएको जोर्डनको सेनाले बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको अस्थायी युद्ध विराम सम्झौता ‘सकिएको घोषणा गरेसँगै अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात पनि हवाई आक्रमण जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण