आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग

आइतबार, ०३ साउन २०८३, ०० : ००
आइतबार, ०३ साउन २०८३

सारांश

  • सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्ने उद्देश्यले गरिएको छ।
  • उच्च अदालत पोखराको उजुरी झन्डै एक वर्षदेखि कास्की जिल्ला प्रहरी कार्यालयमा थन्किएको छ, जसले गर्दा अदालत आफैँ अन्यायमा परेको छ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार यो सरकार ढाल्ने कोसिस गरे प्रदेशसभा विघटन हुनसक्छ ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।

१. सार्वजनिक खरिद ऐन संशोधन

सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन गरेको छ। 

२. २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक 

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठकले जल तथा मौसम विज्ञान विभागबाट जारी विशेष बुलेटिनका आधारमा विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । 

३. अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा

उच्च अदालत पोखराको उजुरी झन्डै एक वर्षदेखि कास्की जिल्ला प्रहरी कार्यालयमा थन्किएको छ, जसले गर्दा अदालत आफैँ अन्यायमा परेको छ ।

४. सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग

काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनभित्र सञ्चालनमा आउने तयारीमा छ।

५. सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने चर्चा 

सरकारले १ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। यस निर्णयसँगै सिक्कामा रहेको चुच्चे नक्सा हट्ने चर्चा चलेको छ र यसको आलोचना भइरहेको छ।

६. लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक

लोसपा र जसपा नेपालबीच एकता भएको ६ महिना बितिसक्दा पनि पार्टी समायोजन हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

७. किसानका दुःख

नेपालमा मनसुनको आगमन हुनासाथ पहाडी तथा तराईका क्षेत्रमा उत्पादित हरियो तरकारी र फलफूल बजारसम्म पुर्‍याउन नपाएर बारीमै कुहिने वा सस्तो मूल्यमा बेच्नुपर्ने नियति किसानले बर्सेनि भोग्दै आएका छन् ।

८. माइतीघरमा वरिपरि आन्दोलन

शनिबार माइतीघर वरिपरि विभिन्न क्षेत्रका पीडितहरुले आन्दोलन गरेका छन् । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकदेखि युवाहरुले सरकारसँग आ–आफ्ना माग राखेर आन्दोलन गरेका हुन् । त्यस्तै, यसअघि सिंहदरबार गेटमा धर्ना दिँदै आएका निहारिका राजपूत र बिनु यादवले आज पनि रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध प्रदर्शन गरेका छन् ।

९. फिफा विश्वकप विशेष

१०. सरकारको नियतमा शङ्का छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका छन्। 

११.गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति

नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख मेरुदण्ड मानिने नेपाली गलैँचा उद्योगलाई पुरानै लयमा फर्काउन सरकारले पाँचवर्षे महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।

१२. शनिबार विशेष 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप