आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

बिहीबार, १२ चैत २०७७, १८ : ३६
बिहीबार, १२ चैत २०७७

बुटवल । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नं. ६ बागरका २९ वर्षीय गोविन्द सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बागर खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप