समुदायसँग मिलेर काम गर्न प्रहरीलाई डिआईजी धानुकको निर्देशन
गुल्मी । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकले आफू मातहतको प्रहरीलाई जनसमुदायसँग मिलेर काम गर्न निर्देशन दिएका छन् । विहीबार गुल्मीको श्रृंगा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै डिआइजी धानुकले यस्तो निर्देशन दिएका हुन् ।
डिआइजी धानुकले स्थानीय सरकारसँग पनि समन्वय गरेर शान्ति सुरक्षा कायम गर्न सहज हुने भन्दै स्थानीय सरकारले पनि प्रहरीलाई सहयोग गर्न अपिल गरे ।
पछिल्लो चरण गुल्मीको शान्ति सुरक्षा सुदृढ हुँदै गएकोप्रति खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पनि थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्त र उपप्रमुख नर्मदा भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारी लगायतले पनि गुल्मी प्रहरीले पछिल्लो चरण अपराधमा संलग्नहरूलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउन सफल भएको बताएका थिए ।
स्वागत मन्तव्यका क्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले श्रृंगा प्रहरी चौकीको भवन एक वर्ष ३ महिनामा १ करोड २४ लाखमा सम्पन्न भएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण