सरकारी गाडीमा आफन्त सरर...
रुपन्देही जिल्ला प्रशासन कार्यालयको गाडी पूर्वी नवलपरासीमा स्थानीय युवाहरुले केही बेर नियन्त्रणमा लिएका छन् । जिल्लाका प्रहरी प्रमुख एसपी प्रकाश मल्लका अनुसार चितवनतर्फबाट आएका लु १ झ ३३९ नम्बरको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गाडी प्रगतिनगरमा करिव २० जना युवाहरुले रोकेर सरकारी गाडी दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिएका हुन् ।
एसपी मल्ल भन्छन्, ‘थप विवाद होला भनेर हामीले त्यो गाडीलाई यहाँको जिल्ला प्रशासन कार्यालयमा बुझाएका छौँ ।’ यस सम्वन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग सम्पर्क राख्दा जिल्ला प्रशासनको गाडी भएको तर आफु चढ्ने गाडी नभएको बताए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘केही आफन्तहरुलाई चितवनसम्म पुराउनु पर्ने भएकोले गाडी पठाइएको हो । उताबाट फर्किने क्रममा सिद्धनाथ ग्याँस उद्योग मेरो भाइको भएकोले त्यहाँबाट फर्किने क्रममा उनलाई छोड्न गएको हुन सक्छ ।’
उक्त गाडी देवचुली नगरपालिका वडा नम्वर १० मा रहेको सिद्धनाथ ग्याँस उद्योग प्रालि भित्र छिरेर बाहिर निस्केको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण