मध्यपश्चिमाञ्चल विश्वविद्यालय : प्रवेश परीक्षा विवादमा तालाबन्दी
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कूल अफ ल’ मा प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले भर्ना लिन माग गर्दै तालाबन्दी गरेका छन् ।
गत फागुनमा नयाँ भर्नाका लागि लिएको प्रवेश परीक्षामा उत्तीर्ण ४५ जना विद्यार्थीले शुक्रबार तालाबन्दी गरेका हुन् ।
ल क्याम्पसमा तालाबन्दी कार्यक्रमको नेतृत्व गरेका सूर्यबहादुर शाही, पवित्रा भियाल, निशा पचभैया र कमल शाहीले प्रवेश परीक्षामा उत्तीर्ण परीक्षार्थीलाई तत्काल भर्ना लिएर पठनपाठन सुचारु गर्न माग गरेका छन् ।
विश्वविद्यालयले विद्यार्थीका मागलाई सम्बोधन नगरे तालाबन्दीलाई निरन्तरता दिने उनीहरुको चेतावनी छ । प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले फागुन २३ गतेदेखि २६ गतेसम्म भर्ना भइसक्नुपर्ने थियो ।
विश्वविद्यालयले गत फागुन १७, १८ र १९ गते पाँच वर्षे एलएलबीको नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षामा सहभागी १९० जनामध्ये ४५ जनामात्र उत्तीर्ण भए ।
अनुत्तीर्ण विद्यार्थीले प्रवेश परीक्षामा धाँधली तथा अनियमितता भएको आरोप लगाउँदै पुनः परीक्षाको माग राखेपछि नयाँ भर्ना कार्यक्रम स्थगित भएको थियो ।
प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट हुुनका साथै नातावादका आधारमा परीक्षाफल प्रकाशित गरिएको अनुत्तीर्ण परीक्षार्थीको आरोप छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कूल अफ ल’को प्रवेश परीक्षा नतिजा विवाद विरुद्धको संघर्ष समिति बनाएर छानविन थालेको छ । विश्वविद्यालय प्रशासनले छानविन समितिको प्रतिवेदनका आधारमा प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएका उपप्राध्यापकहरुलाई कारवाही गरी पुनः प्रवेश परीक्षा लिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण