लुम्बिनी प्रदेश सभाको बैठक १८ गते लागि आह्वान
शुक्रबार, १३ चैत २०७७, २० : ३४
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक यही चैत १८ गते बस्ने भएको छ ।
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा बैठक आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको बैठक बोलाउनको लागि आग्रह गर्ने निर्णय गरेको थियो
गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै वर्षे अधिवेशन सकिएको थियो । मुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण प्रदेशमा पनि बैठक बोलाउनको लागि ढिलाइ भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण