माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यले स्पष्टीकरण दिएनन्
बुटवल । लुम्बिनी प्रदेशमा माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यहरुले पार्टीलाई स्पष्टीकरण पत्रको जवाफ दिएका छैनन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण पत्र यही १२ गते पठाएको थियो। स्पष्टीकरणको कुनै अर्थ नरहेको भन्दै उनीहरुले जवाफ नदिएका हुन् ।
आज सम्म पनि जवाफ नदिएपछि कानुनी प्रकृया अगाडि बढाउने तयारी भएको पार्टीको संसदीय दलको बैठकले प्रमुख सचेतक तुलाराम घर्तीले रातोपाटीलाई बताए ।
प्रमुख घर्तीले स्पष्टीकरण पत्रको कुनै जवाफ नआएपछि आफूहरुले प्रदेशसभा सचिवालयमा पार्टीले कारवाही गरेको पत्र पठाउने र पार्टीको केन्द्रीय कार्यालयमा पनि पार्टी सदस्यताबाट हटाउने बारे पत्र पठाउने तयारी भइरहेको बताए ।
माओवादीले छाडेर एमालेतिर लाग्ने दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को २ बाट विजेता हुन् भने दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ को २ वाट विजेता हुन् ।
यो प्रदेशमा माओवादी केन्द्रका २० सांसद छन् । त्यसमा दुई जना ओली पक्षतिर लागेपछि माओवादी संख्या झन् घटेको छ । प्रदेशमा हाल एमाले र माओवादी संयुक्त सरकार नै रहेको छ ।
स्पष्टीकरण पत्रको जवाफ नदिने मध्येका एक दिनेश पन्थीले माओवादी पार्टीको पत्रको कुनै अर्थ नभएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण