बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको चिबामा ५.८ म्याग्नीच्यूडको भूकम्प

आइतबार, १५ चैत २०७७, १६ : ०८
आइतबार, १५ चैत २०७७

टोकियो । जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराइमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९.२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन । 

गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप