आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ

सोमबार, १६ चैत २०७७, ०८ : १८
सोमबार, १६ चैत २०७७

पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ राउतडाँडाका २५ वर्षीय सुमन गाहाको शरीर खानतलासी गर्दा फेनेरागन ७० वटा, नुफिन ३३ वटा (दुई दशमलव पाँच एमएलको सिसी) र सिरिन्ज दुई थान बरामद गरी गाहालाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–१ चिलाङ्दीबाट तानसेन जाँदै गरेको लु२त ८६१६ नंको ट्र्याक्टर जाँचका क्रममा बिनाकागज प्रमाण ३५ दशमलव १० क्युफिट सालको काठ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । 

काठसँगै चालकसहित चार जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको र थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीसमेत रहेका त्वातीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप