प्रभासले किने ६ करोडको कार
मुम्बई । साउथ सुपरस्टार प्रभासका फिल्मले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने गर्दछ । उनको फ्यान फ्लोइङ समेत धेरै रहेको छ । फिल्मका सुपरस्टार प्रभासको लाइफ स्टाइल पनि सानदार रहने गर्दछ । कयौं सम्पतिका मालिक प्रभास कारको पनि सौखिन छन् । उनको ग्यारेजमा कयौं महँगो गाडीको कलेक्सन छ ।
प्रभासको कार कलेक्सनमा सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्यान्टम, ५० लाखको बीएमडब्यु एक्स ३, ४ करोडको रेन्ज रोवर र ३० लाखको सेडान कार स्कोडा सुपर्व समेत सामेल रहेको छ ।
यो कलेक्सनमा अर्काे एक कारण थपिएको छ । त्यो हो ६ करोडको लेम्बोर्गिनी एवेन्टाडोर एस रोडस्टर ।
प्रभासले यो कार हालै किनेका हुन् । बुबा सुर्यानारायण राजुको जन्मदिनको अवसर पारेर उनले ६ करोडको यो गाडी किनेका हुन् । प्रभासको अभिनयमा प्रवेश गरे देखिको यो कार किन्ने सपना रहेको थियो । त्यसका लागि उनले निकै मिहिनेत गरेर र सपना समेत पुरा गरे ।
कामको कुरा गर्ने हो भने प्रभासले हालै फिल्म ‘राधे श्याम’को सुटिङ सकाएका छन् । यसको अलवा उनी ‘आदि पुरुष’ र ‘सलार’मा समेत व्यस्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
-
निजामती विधेयकबारे कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबिच टसल
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण