वामपन्थी नेता मानन्धरको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त
मङ्गलबार, १७ चैत २०७७, १५ : १९
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णु बहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । स्व.मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित रहेका थिए । सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वका रुपमा स्थापित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
-
ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)