आज राति ८ बजेदेखि मेरो सेयरको सेवा अवरुद्ध हुने
काठमाडौं । डिजिटल सेयर कारोबारको अनलाइन प्ल्याटफर्म ‘मेरो सेयर’ को सेवा केहि समयका लागि अवरुद्ध हुने भएको छ । मेरो शेयरमा सेवाग्राहीको चाप बढेसँगै विभिन्न प्राविधिक समस्याहरु देखिएकाले सोको समाधानका लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने र सो सर्भर जडान गरि डाटा माइग्रेसन समेत गर्नुपर्ने भएकाले केहीबेर सेवा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । कम्पनीकाअनुसार सेवा आज राति ८ बजेदेखि केहीबेर अवरुद्ध हुनेछ ।
यद्यपि मेरो सेयरको सेवा अवरुद्ध हुँदा गत मिति २०७७/१२/१६ गते कारोबार भई २०७७/१२/१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको ई–डीआईएस प्रविष्टि गर्ने समय २०७७÷१२÷१८ गते बिहान १० बजेसम्म कायम गरिएको कम्पनीले जनाएको छ । आफ्नो सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै कम्पनीले जतिसक्दो छिटो सेवा सुचारु गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा
-
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित