कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
सारांश
- झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने चेतावनी दिए।
- उनले कांग्रेस र एमाले भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै, पार्टी कार्यकर्तालाई एक्लै चुनाव लड्न निर्देशन दिए।
- खनालले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसक्नुको कारण सत्ताका लागि कांग्रेस र माओवादीसँगको गठबन्धनलाई माने।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने बताएका छन् । नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म डुबेको बताए ।
शनिबार नेकपा (एकीकृत समाजवादी) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ द्वारा आयोजित पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका गल्तीलाई सच्याउँदै र अनुभवबाट सिक्दै एक्लै चुनाव लड्ने गरी कार्यकर्तालाई निर्देशन दिए । नेता खनालले एकीकृत समाजवादी कांग्रेस र माओवादीसँग सत्ताका लागि मिल्न गएका कारण राष्ट्रिय पार्टी हुन नसकेको समेत स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी नहुनुमा काङ्ग्रेस र माओवादीसँग सत्ताको लागि मिल्न गएको गएको र विगतको चुनावमा हाम्रो विचार, सिद्धान्त र लक्ष्यलाई जनतासँग प्रस्ट पार्न नसकेकोले हो ।’
उनले पार्टी नेतृत्वले गरेको गलत निर्णयका कारणले पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको बताए । नेता खनालले नेकपा एमालेलाई दक्षिणपन्थीहरूले नेतृत्व गरिरहेका कारण त्यो पार्टी अधोगति र पतनको बाटोतिर हिँडिरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण