लामिछानेको मुद्दामा आदेशको प्रतीक्षा : ढोका बन्द गरेर न्यायाधीशहरू आदेश लेखनमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्च अदालतले आदेश सुनाउँदै छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारीमा छ । यसबिचमा न्यायाशीधहरु ढोका बन्द गरेर आदेश लेखनमा छन् ।
लामिछाने सहित पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आदेश लेखन जारी छ । शुक्रबार दिउँसो खाजा समयअघि अघि नै सुनुवाइ सकिएकामा न्यायाधीशहरु अन्य सबै मुद्दा स्थगित गरेर आदेश लेखन जुटेका थिए ।
लामिछाने समर्थक भने सर्वोच्च परिसरमा आदेशको प्रतिक्षामा छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैर कानूनी थुनामा राखिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण