शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा

शनिबार, १० जेठ २०८२, १५ : २५
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • जेठ ११ र १२ गते सातै प्रदेशमा 'संघीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी' विषयमा छलफल हुँदैछ।
  • छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका विषयमा छलफल हुनेछ।
  • राष्ट्रियसभा सदस्यहरू आ-आफ्ना प्रदेशमा हुने छलफलमा भाग लिन प्रस्थान गर्दैछन्, जसमा संयोजकहरू तोकिएका छन्।

काठमाडौँ । यही जेठ ११ र १२ गते  सातवटै प्रदेशमा आयोजना हुने  ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरु आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गर्ने भएका छन् ।  

छलफलमा सङ्घीयता कार्यान्वयन, वित्तीय सङ्घीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचारविमर्श हुने संसद् सचिवालयले जनाएको छ । कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गङ्गाकुमारी बेलबासेले गर्नेछन् ।

यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफमा सहभागी हुनेछन् । 

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल बागमती र उपाध्यक्ष विमला घिमिरे लुम्बिनी प्रदेशको छलफल तथा  मनोनित सदस्य अञ्जान शाक्य कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुन जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप