मानगढ खानेपानी निर्वाचन : एमालेभित्रको गुटगत प्रतिस्पर्धा (तस्बिरहरू)
सारांश
- विराटनगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा आज मतदान भयो, जसमा ५,९९८ मतदातामध्ये बिहान ११:१५ बजेसम्ममा १,४५६ मत खसेको छ।
- २०८१ जेठ १९ गतेको मतदान विवादित भएपछि उच्च अदालतको आदेशानुसार आज पुनः मतदान भएको हो, जसमा तीन उम्मेदवार प्रतिस्पर्धामा छन्।
- नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईं चुनावी मैदानमा छन्, जसमा भट्टराई र घिमिरे नेकपा एमालेबाट तथा चापागाईं नेपाली कांग्रेसबाट उम्मेदवार हुन्।
विराटनगर । विराटनगरको मानगढ खानेपानी आयोजना अन्तर्गत विराटनगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन आज हुँदैछ । बिहान ११ः १५ बजेसम्ममा १४५६ मत खसेको छ । मतदानमा ५ हजार ९९८ मतदाता रहेको र नयाँ नेतृत्वका लागि तीन उम्मेदवार प्रतिस्पर्धामा छन्।
_JMhFex0LSc.jpg)
२०८१ जेठ १९ मा भएको मतदान विवादित बनेपछि खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत तीन जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । टंकप्रसाद खतिवडासमेत तीन जनाले पुनः मतदानको मागसहित रिट दायर गरेको सो मुद्दामा गत फागुन २६ गते उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न रिट जारी गरेको थियो ।
_RiGDhHcx8i.jpg)
अदालतले २०८१ जेठ १९ जेठ बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न रिट जारी भएको छ । अर्थात् उम्मेदवार र मतदाता पुरानै रहने तर मतदान मात्रै पुनः गर्नुपर्ने भनेको थियो । त्यसपछि आज पुनः मतदान भएको हो । विराटनगर महानगरपालिका – १ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा बिहान सवा ७ बाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछन् ।
_jGbq3DYrkh.jpg)
नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छ । भट्टराई र घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । चापागाईं नेपाली कांग्रेसको उम्मेदवार हुन् ।
भट्टराईलाई एमालेको विनोद ढकाल समूहले अघि सारेको हो । घिमिरे एमाले संस्थापन पक्षको उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्रका केही नेताले सहयोग गरेका छन् ।
_QGDXBwgFzt.jpg)
_v5Qir9cMsu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण