मानगढ खानेपानी निर्वाचन : एमालेभित्रको गुटगत प्रतिस्पर्धा (तस्बिरहरू)
_UbUJeNcbhl.jpg)
समाचार सारांश
- विराटनगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा आज मतदान भयो, जसमा ५,९९८ मतदातामध्ये बिहान ११:१५ बजेसम्ममा १,४५६ मत खसेको छ।
- २०८१ जेठ १९ गतेको मतदान विवादित भएपछि उच्च अदालतको आदेशानुसार आज पुनः मतदान भएको हो, जसमा तीन उम्मेदवार प्रतिस्पर्धामा छन्।
- नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईं चुनावी मैदानमा छन्, जसमा भट्टराई र घिमिरे नेकपा एमालेबाट तथा चापागाईं नेपाली कांग्रेसबाट उम्मेदवार हुन्।
विराटनगर । विराटनगरको मानगढ खानेपानी आयोजना अन्तर्गत विराटनगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन आज हुँदैछ । बिहान ११ः १५ बजेसम्ममा १४५६ मत खसेको छ । मतदानमा ५ हजार ९९८ मतदाता रहेको र नयाँ नेतृत्वका लागि तीन उम्मेदवार प्रतिस्पर्धामा छन्।
२०८१ जेठ १९ मा भएको मतदान विवादित बनेपछि खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत तीन जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । टंकप्रसाद खतिवडासमेत तीन जनाले पुनः मतदानको मागसहित रिट दायर गरेको सो मुद्दामा गत फागुन २६ गते उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न रिट जारी गरेको थियो ।
अदालतले २०८१ जेठ १९ जेठ बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न रिट जारी भएको छ । अर्थात् उम्मेदवार र मतदाता पुरानै रहने तर मतदान मात्रै पुनः गर्नुपर्ने भनेको थियो । त्यसपछि आज पुनः मतदान भएको हो । विराटनगर महानगरपालिका – १ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा बिहान सवा ७ बाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछन् ।
नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छ । भट्टराई र घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । चापागाईं नेपाली कांग्रेसको उम्मेदवार हुन् ।
भट्टराईलाई एमालेको विनोद ढकाल समूहले अघि सारेको हो । घिमिरे एमाले संस्थापन पक्षको उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्रका केही नेताले सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित
-
१० महिनामा ३५ अर्ब ५३ करोडको धान चामल आयात
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक