मध्यपश्चिमाञ्चल विश्वविद्यालमा पुनःपरीक्षा नगराउन उच्च अदालतको अन्तरिम आदेश
सुर्खेत । निकै विवादित बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गतको प्रवेश परीक्षा पुनः नगराउन उच्च अदालत सुर्खेतले अन्तरिक आदेश दिएको छ । कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ गतेसम्म प्रवेश परीक्षा लिएको थियो ।
यद्यपि, परीक्षा विवादित भएपछि नतिजा नै रद्द गरेको थियो । असन्तुष्ट विद्यार्थीको माग अनुसार चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा तोकेको थियो ।
विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । विद्यार्थीहरुको माग अनुसार नै उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण