फाष्ट ट्रयाकको दोश्रो प्याकेजको टेन्डर रोक्न सेनालाई लेखा समितिको निर्देशन
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुत मार्ग (फाष्ट ट्रयाक) को दोश्रो प्याकेजको टेन्डर रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ । बिहिबार भएको बैठकमा समितिले सो निर्देशन दिएको हो । बैठकमा फाष्ट ट्रयाकबारे रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल भएको थियो । फाष्ट ट्रयाकमा अहिले पुल र सुरुङ निर्माण गर्ने दुईवटा प्याकेजमा काम भैरहेको छ ।
त्यस अन्तर्गत सेनाले पहिलो चरणमा दुई निर्माण कम्पनी छनोट गरेको थियो भने दोस्रोमा एउटा मात्रै निर्माण कम्पनी छनोट गरिएको थियो । दोस्रोमा एउटा मात्र कम्पनी छनोट भएको र प्रतिष्पर्धा नहुने भएकोले त्यसलाई रद्ध गरेर पुन प्रक्रिया सुरु गर्न समितिले निर्देशन दिएको हो ।
समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विकास आयोजनाहरु निर्माण गर्दा आइपर्ने समस्या हटाउन, आवश्यक विवाद समाधान गर्न, आवश्यक कागजात र निर्देशिका बनाउन समेत निर्देशन दिएको छ । रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे र नेपाली सेनाका सहायक रथी विकास पोखरेललाई बैठकमा बोलाइएको थियो । छलफलमा सांसदहरुले बोलपत्र आह्वान गर्दा सेनाले सार्वजनिक खरिद ऐन विपरित गरेकोले टेन्डर प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका थिए । उनीहरुले उपसमिति बनाएर छानविन गर्न पनि माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण