बङ्लादेशमा एकहप्ते लकडाउनको घोषणा
एजेन्सी । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्गलादेशका सडक, यातायात तथा पुल मन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।
लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए । अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
बङ्गलादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकैदिनमा सङ्क्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा बङ्गलादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ ।
योसँगै बङ्गलादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या नौ हजार २१३ पुगेको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण