प्रतिनिधिसभामा दुई मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने
सोमबार, २३ चैत २०७७, १४ : २१
काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा दुई मन्त्रीले सार्वजनिक महत्वका विषयमा वक्तव्य दिने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यक्रम तय भएको हो ।
दुई मन्त्रीको सार्वजनिक महत्वको वक्तव्यपछि सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् । मन्त्रीहरुको सार्वजनिक महत्वको वक्तव्यपछि शून्य र विशेष समय राखिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण