अर्थले १७ मन्त्रालयसँग गर्यो बजेट छलफल
काठमाडौं । अर्थ मन्त्रालयले हालसम्म १७ वटा मन्त्रालयसँग आगामी बजेटमा के कस्ता कार्यक्रम समावेश गर्ने सम्बन्धी बजेट छलफल सकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीबाट छलफल शुरु भएको थियो । त्यसयता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई, खानेपानी, कृषि तथा पशुपंक्षी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल भएको छ ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकूद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय सँग बजेट छलफल गरेको छ । आजै मात्र निर्वाचन आयोग, सञ्चार मन्त्रालयसँग बजेट छलफल हुनेछ । यता राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग पनि छलफल सकिएको छ ।
अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट तयारी सम्बन्धी छलफललाई तिव्रता दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोहीअनुसार बजेट प्रस्ताव गर्न सबै मन्त्रालयलाई भन्दै आएको छ । हरेक वर्ष जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार बजेट लेखनका लागि सुझाव लिने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक