कक्षा १० सञ्चालन गर्ने धोको अधुरै रह्यो प्रधानाध्यापक खत्रीको
गुल्मी । गुल्मीको ठुलापोखरा माध्यमिक विद्यालय, गुल्मीदरवार गाउँपालिका–७ का प्रधानाध्यापक रामबहादुर खत्री शुक्रबार कक्षा १० सञ्चालनको अनुमति लिन गौडाकोटस्थित गाउँपालिका कार्यालयमा पुगेका थिए ।
फर्कने क्रममा त्यसै दिन साँझ आफैले चलाएको मोटरसाइकल दुर्घटनामा उनको निधन भयो । राहत शिक्षक खत्रीले २ वर्ष अघिमात्र प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा उक्त विद्यालयमा कक्षा ८ सम्ममात्रै पढाई हुन्थ्यो । उनले कक्षा ९ को पढाई सञ्चालन गरे । अबको शैक्षिक सत्रसँगै कक्षा १० को पढाई सञ्चालन गराउने योजनामा रहेका उनी शुक्रबार दिउँसो गाउँपालिकामा वडाको सिफारिससहित आवश्यक प्रक्रियाका लागि कागजपत्र बोकेर हिँडेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम थियो । कार्यक्रम सकिएपछि शिक्षा शाखामा कक्षा १० सञ्चालन अनुमतिका लागि खत्रीले फाइल पेश गरेको पाण्डेको भनाइ छ ।
कक्षा १० को पढाई सञ्चालनका लागि निकै उत्साहित भएका खत्रीले आवश्यक प्रक्रिया थालिसकेका थिए । तर दुर्भाग्य, उनले विद्यालयमा कक्षा १० को पढाइ सञ्चालन गराइ छाड्ने धोको पूरा गर्न पाएनन् । मृतक खत्रीका साथी शिक्षक हरिप्रसाद अर्याल उनलाई विद्यालय सुधारमा अतुलनीय योगदान गर्ने व्यक्तिका रुपमा सम्झन्छन् । सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण अर्यालले पनि शुक्रबार प्रधानाध्यापक खत्रीसँगै आफू गाउँपालिकामा गएको तर शिक्षा शाखामा फाइल छोड्नका लागि खत्री अलमलिएका कारण आफू घर फर्केको बताए ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुन्दर चालिसेले ६ बजेतिर आफुलाई प्रधानाध्यापक खत्रीले फाइल बुझाएको तर केही डकुमेन्ट अपुग भएका कारण पछि लिएर आउँछु भन्दै हिँडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण