दशैँको टिकाको दिनदेखी वसन्ता बेपत्ता
कपिलवस्तु - यहाँ १२ दिनदेखी एक महिला बेपत्ता भएकि छन् । अर्घाखाँची फुदवाङ स्यायी घर भई बुद्धभुमि नगरपालिका वडा न.–९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षकी वसन्ता वि.सि.(केसी) यहि असोज १४ गते (दशैंको टिकाको) दिनदेखि हराएकी हुन ।
बचत समुहबाट लिएको तीन लाख ऋणको बिषयमा सामान्य घरायसी विवाद भएपछि १४ गते साँझ ७ बजेदेखि श्रीमती घरमा नभएको श्रीमान लाल बहादुर केसीले जानकारी दिए ।
म बिरामी भएको बेला तिन लाख नगदसहित आफुले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान लाल बहादुर के.सी.ले गुनासो गरे ।
उनले भने–“सामान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पना समेत गरेको थिइँन ।” डेढ वर्षदेखी इमिलिया भाडामा बस्दै आएकी उनको श्रमान्ले आफ्नै गाडी चलाउने काम गर्छन ।
उनको ९ वर्षको एक छोरा छ । पहिले पनि घरमा पैसाको विषयमा सामान्य विवाद हुने गरेको श्रीमानले बताए । आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईंलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताए ।
सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको भन्दै श्रीमतीलाई खोजीदिन पुलिस प्रशासन, मानव अधिकारवादी, पत्रकारलगायत सबैलाई आग्रह गरेका छन् ।
घर र माइती पक्ष दुवैबाट खोजी गर्न आग्रह गर्दै इलाका प्रहरी कार्यालय गोरुसिङेमा निवेदन परेको र वसन्ताको खोजी भइरहेको प्रहरी नायव निरिक्षक छमन खत्रीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण