मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँको टिकाको दिनदेखी वसन्ता बेपत्ता

बिहीबार, २६ असोज २०७४, ०८ : ०६
बिहीबार, २६ असोज २०७४

कपिलवस्तु - यहाँ १२ दिनदेखी एक महिला बेपत्ता भएकि छन् । अर्घाखाँची फुदवाङ स्यायी घर भई बुद्धभुमि नगरपालिका वडा न.–९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षकी वसन्ता वि.सि.(केसी) यहि असोज १४ गते (दशैंको टिकाको) दिनदेखि हराएकी हुन ।

बचत समुहबाट लिएको तीन लाख ऋणको बिषयमा सामान्य घरायसी विवाद भएपछि १४ गते साँझ ७ बजेदेखि श्रीमती घरमा नभएको श्रीमान लाल बहादुर केसीले जानकारी दिए ।

म बिरामी भएको बेला तिन लाख नगदसहित आफुले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान लाल बहादुर के.सी.ले गुनासो गरे ।

उनले भने–“सामान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पना समेत गरेको थिइँन ।” डेढ वर्षदेखी इमिलिया भाडामा बस्दै आएकी उनको श्रमान्ले आफ्नै गाडी चलाउने काम गर्छन ।

उनको ९ वर्षको एक छोरा छ । पहिले पनि घरमा पैसाको विषयमा सामान्य विवाद हुने गरेको श्रीमानले बताए । आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईंलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताए ।

सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको भन्दै श्रीमतीलाई खोजीदिन पुलिस प्रशासन, मानव अधिकारवादी, पत्रकारलगायत सबैलाई आग्रह गरेका छन् ।

घर र माइती पक्ष दुवैबाट खोजी गर्न आग्रह गर्दै इलाका प्रहरी कार्यालय गोरुसिङेमा निवेदन परेको र वसन्ताको खोजी भइरहेको प्रहरी नायव निरिक्षक छमन खत्रीले रातोपाटीलाई जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप