शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर : ३ अर्ब ३४ करोड भन्दावढीको कारोवार

शनिबार, २७ जेठ २०७४, १५ : ३७
शनिबार, २७ जेठ २०७४

काठमाडौं –यो साता नेपालको पुँजी बजारमा केही उत्तरचढाव देखिएको छ । साताको पहिलो दिन दोहोरो अंकले ओर्लिएको वजार सोमबार र मंगलबार भने उक्लिएको थियो । मंगलबार दोहोरो अंकले बढेको बजार पछिल्ला दुई बुधबार र बिहीबार भने ओरालो लागेको थियो ।


यो सातो ५ दिननै सेयर वजार खुलेको थियो भने साताभर ३ अर्ब ३४ करोड ३० लाख ६४ हजार रुपैयाँको सेयर कारोवार भएको थियो । साताको पहिलो दिन आईतबार १० दशमलव ५० अंकले घटेरको बजारमा एक सय ४१ कम्पनीको ९ लाख ५० हजार ४ सय ७३ कित्ता सेयर खरिद विक्रि भएको थियो भने ५५ करोड ६७ लाख ३६ हजार एक सय ६५ रुपैयाँको कारोवार भएको थियो । एउटा मात्र समूहको सूचक झिनो अंकले बढेको यो दिन बाँकी सवै समूहका सूचक रातो भएका थिए ।
बैंकिङ समूहको सूचक ९ दशमलव १९ अंकले घटेको सो दिन होटल समूहको सूचक १५ दशमलव ५५, विकास बैंक समूहको सूचक ७ दशमलव ६९, जलविद्युत समूहको सूचक ३० दशमलव ६९, फाइनान्स समूहको सूचक १ दशमलव ०९, बीमा समूहको सूचक ९५ दशमलव ०६ र उत्पादनमुलक समूहको सूचक १३ दशमलव १ अंकले घटेको थियो ।


सोमबार धने बजार ८ दशमलव ८४ अंकले उक्लिएको थियो । एक सय ४९ कम्पनीको १३ लाख ९१ हजार ८ सय ९० कित्ता सेयर किनवेच भएको बजारमा ६२ करोड २ लाख ७ हजार ८ सय ९० रुपैयाँको कारोवार भएको थियो । आज वित्त समूह वाहेक अन्य सवै समूहको सूचक उकालो लागेकाले वजार वढेको थियो ।


यस्तै, मंगलबार काँग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्रीमा चयन भएको दिन भने बजार ३४ दशमलव ७२ अंकको उच्च वृद्धिदर लिएको थियो । यो वृद्धिपछि वजार एक हजार ६ सय ३७ दशमलव ३७ अंकमा पुगेर रोकिएको थियो । एक सय ४८ कम्पनीको १४ लाख ९६ हजार ८ सय ९३ कित्ता सेयर खरिद विक्रि भएको सो दिन ९१ करोड १६ लाख ८२ हजार १६ रुपैयाँको कारोवार भएको थियो ।


होटल समूहको सूचक ६२ दशमलव ४५ अंकले वढेको यो दिन विकास बैंकको सूचक ३५ दशमलव ३८ अंकले वढेको थियो भने जलविद्युत समूहको सूचक ३५ दशमलव ६८ अंकले वढेको थियो । यस्तै, फाइनान्स समूहको सूचक ७ दशमलव ३१, बीमा समूहको सूचक १७२ दशमलव ५७, अन्य समूहको सूचक १५ दशमलव ६२ अंकले वढेको थियो । सो दिन उत्पादनमुलक समूहको सूचक १४ दशमलव ०६ अंकले घटेको थियो ।


यस्तै, नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीमा सपथ लिएको दिन बुधबार भने फेरी बजार दोहोरो अंकले ओरालो लागेको थियो । यो दिन बजार १४ दशमलव २४ अंकले ओर्लिएको हो । एक सय ४९ कम्पनीको १२ लाख ७९ हजार ५ सय ७ कित्ता सेयर किनवेच भएको बुधबार ७६ करोड ४७ लाख ३६ हजार ८ सय ११ रुपैयाँको कारोवार भएको थियो ।


सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार भने बजार ७ दशमलव ९४ अंकले ओर्लिएको थियो । यो गिरावटसँगै यो साता बजार एक हजार ६ सय १५ दशमलव १९ अंकमा झरेर अडिएको छ । एक सय ४९ कम्पनीको ८ लाख ४ हजार ९ सय ३९ कित्ता सेयर किनवेचवाट ४८ करोड ९७ लाख एक हजार ५ सय ४४ रुपैयाँको सेयर कारोवार भएको थियो ।


सवै सूचक रातो भएको बिहीबार बैकिङ समूहको सूचक ७ दशमलव ४१ अंकले घटेको थियो भने होटल समूहको सूचक ४० दशमलव ४६, विकास बैंक समूहको सूचक ० दशमलव ८७, जलविद्युत समूहको सूचक ३ दशमलव ५४, वित्त कम्पनीको सूचक ७ दशमलव ७२, बीमा समूहको सूचक ३९ दशमलव ८ अंकले घटेको थियो । यस्तै, उत्पादनमुलक समूहको सूचक १७ दशमलव ६३ अंकले घट्दा अन्य समूहको सूचक ६ दशमलव ६५ अंकले घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप