कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु
आइतबार, २५ जेठ २०८२, १२ : २८

समाचार सारांश
- कैलालीको लम्कीचुहामा अटो दुर्घटना हुँदा १० महिनाका बालकको मृत्यु भएको छ।
- दुर्घटनामा परी गम्भीर घाइते भएका बालकलाई टीकापुर अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो।
- अटोमा सवार दुई जना घाइते भएका छन् र उनीहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवास्थित भित्री सडकखण्डमा अटो दुर्घटनामा परेर १० महिनाका बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुपप्र ०१–००१ ह ५१४८ नम्बरको ईबी अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका भरत साउँदका नाति आयुष साउँदको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। चिकित्सकले साँझ करिब साढे चार बजे उनलाई मृत घोषित गरेका हुन्।
उक्त अटोमा सवार लम्कीचुहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद घाइते भएका छन्। उनीहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ
-
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
-
सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
-
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
-
समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश
-
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता