कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु
आइतबार, २५ जेठ २०८२, १२ : २८
सारांश
- कैलालीको लम्कीचुहामा अटो दुर्घटना हुँदा १० महिनाका बालकको मृत्यु भएको छ।
- दुर्घटनामा परी गम्भीर घाइते भएका बालकलाई टीकापुर अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो।
- अटोमा सवार दुई जना घाइते भएका छन् र उनीहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवास्थित भित्री सडकखण्डमा अटो दुर्घटनामा परेर १० महिनाका बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुपप्र ०१–००१ ह ५१४८ नम्बरको ईबी अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका भरत साउँदका नाति आयुष साउँदको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। चिकित्सकले साँझ करिब साढे चार बजे उनलाई मृत घोषित गरेका हुन्।
उक्त अटोमा सवार लम्कीचुहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद घाइते भएका छन्। उनीहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण