बेलायतमा २४ घन्टामा कोरोनाबाट ३४ जनाको मृत्यु
लन्डन । बेलायतमा बितेको २४ घन्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ३० जनाको मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २२५ पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा पर्दछ ।
यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ५ सय ९६ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८३ हजार ७३२ पुगेको छ । पछिल्लो एक सातामा संक्रमण डर ८.५ प्रतिशतले घटेको सरकारी तथ्यांकमा उल्लेख छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ३७ हजार ५१५ छ भने ४१ लाख १८ हजार ८३२ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । शुक्रबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३२९ रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा २०४ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार २९१ मा झरेको छ ।
४ करोड १५ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड १५ लाख ५ हजार ७७८ डोज वितरण भएको छ । तीन करोड २५ लाख ७४ हजार २२१ जनाले खोपको पहिलो र ८९ लाख ३१ हजार ५४७ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण