माधवले पाउँदै आएको राजनीतिक स्थान समाप्त भयो : गोकुल बाँस्कोटा
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशमा माधव पक्षधर ४ सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेलगत्तै नेता बाँस्कोटाले सो प्रतिक्रिया दिएका हुन् ।
बाँस्कोटाले अब नेपालले माओवादी समर्थन झिक्न र अविश्वास प्रस्ताव एकसाथ राख्न लगाउने विकल्प बाँकी रहेको जनाउँदै त्यसलगत्तै कारवाही खाएर बाटा लाग्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले भनेका छन् : ‘कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधव नेपालले पाउँदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भयो। अब उनको एउटा काम बाँकी छ,त्यो हो (माओवादी समर्थन झिक्न र अविस्वास प्रस्ताव एकसाथ राख्न लाउने,त्यस पछि कार्वाही खाने बाटा लाग्ने। बस ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण