माधवले पाउँदै आएको राजनीतिक स्थान समाप्त भयो : गोकुल बाँस्कोटा
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशमा माधव पक्षधर ४ सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेलगत्तै नेता बाँस्कोटाले सो प्रतिक्रिया दिएका हुन् ।
बाँस्कोटाले अब नेपालले माओवादी समर्थन झिक्न र अविश्वास प्रस्ताव एकसाथ राख्न लगाउने विकल्प बाँकी रहेको जनाउँदै त्यसलगत्तै कारवाही खाएर बाटा लाग्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले भनेका छन् : ‘कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधव नेपालले पाउँदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भयो। अब उनको एउटा काम बाँकी छ,त्यो हो (माओवादी समर्थन झिक्न र अविस्वास प्रस्ताव एकसाथ राख्न लाउने,त्यस पछि कार्वाही खाने बाटा लाग्ने। बस ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप