गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए
पोखरा । गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि पोखरा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । आइतबार पोखरामा ६० जना, माछापुच्छ्रे गाउँपालिकामा १, तनहुँमा २ जना, स्याङ्जाका ५, पर्वतमा २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी प्रदेशका नवलपुरका १ र बागलुङमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिकाका ३३ मध्ये २३ वटा वडाहरूका महिला तथा पुरुषहरूमा कोराना संक्रमण देखिएको हो । त्यसैगरी कास्कीको कास्कीको माछापुच्छ्रे गाँउपालिकामा एक महिलामा संक्रमण देखिएको डा.शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा २९ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ४४ पुगेको छ । प्रदेशमा कोरोनाका कारण हालसम्म २०७ जनाले ज्यान मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण