माधव नेपालसहित ८ जनालाई अन्तिम स्पष्टीकरण सोध्ने एमालेको निर्णय
सोमबार, ०६ वैशाख २०७८, १८ : १०
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ८ जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ । यसअघि कारवाही गरेका नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई एमालेले यसअघि नै कारवाही गरिसकेको छ ।
उनीहरुलाई पनि अझै अन्तिम स्पष्टीकरण दिन समय दिइने भएको छ । सोमवारको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल, रावल, पाण्डे र भुसालसहित ८ जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्न निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेपालसहित विभिन्न प्रदेशका सरकारविरुद्ध प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएका नेताहरुलाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारवाही गर्नेछ ।
(-यसअघि समाचारमा अन्यथा भएकोमा सच्याईंएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण