प्रदेश १ मा ५५ जना कोरोना संक्रमित थपिए
मोरङ । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको बिर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेची नगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र वराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७०२ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९११ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३१९ पुगेको छ । प्रदेश १ मा आज ३२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण