एमाले प्रदेश सांसदको स्पष्टीकरण : झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन पुगेछु
काठमाडौं । नेकपा एमालेकी कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले आफू झुक्किएर मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत दिन पुगेको स्पष्टीकरण दिएकी छन् ।
स्पष्टिकरण दिदै प्रदेश सभा सदस्य ओलीले भनेकी छन्, ‘मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु । थाहा पाउने वित्तिकै फर्किएर मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप अनुसार नै मतदान गरेको स्पष्ट गर्दछु ।’

कर्णाली प्रदेशकी एमाले सांसद देवी ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेकी थिइन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसद तीन मिनेट समय दिएका थिए ।
सभामुखले दिएको समयभित्रै सांसद ओलीले आफ्नो मत सच्याइन् । उनले शाहीको पक्षमा दिएको मत फिर्ता नलिएको भए मुख्यमन्त्रीको पक्षमा २३ मत पुग्ने थियो । उनले फिर्ता लिएपछि शाहीको पक्षमा खसेको मत संख्या २२ मा सीमित रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण