प्रदेश १ मा थपिए १०३ कोरोना संक्रमित
बुधबार, ०८ वैशाख २०७८, १९ : ०७
मोरङ । प्रदेश १ मा १ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विराटनगरका सबैभन्दा बढी १८ महिला र २३ पुरुषसहित १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयकाअनुसार बुधबार ४ सय ९० वटा नमूना परीक्षण गर्दा ४४ महिला र ५९ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ।
जसमध्ये धरानमा ७ महिला र १३ पुरुष गरी २० जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै प्रदेश १ मा परीक्षणको दर पनि बढाइएको छ । परीक्षण बढाउँदा संक्रमणको दर पनि बढ्दो देखिएको जनाइएको छ । मंगलबार प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थपिएका थिए । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको थिए । प्रदेशमा गएको एक सातामा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण