ओलीले सुलीमा चढाए पनि एमाले छाड्दैनौँ : गोकर्ण बिस्ट
नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले एमाले पार्टी नछाड्ने बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको नाममा आफ्नो समूहलाई सुली मै चढाए पनि एमाले पार्टी नछाड्ने बताएका हुन् ।
शनिवार गृहजिल्ला गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै बिष्टले सत्ता– शक्तिकी अहंकारमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरि अगाडि बढेको बताए । ओलीले पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाही नाममा स्वेच्छाचारी व्यवहार देखाएको विष्टको आरोप छ । त्यसबाट विचलित नभई संघर्ष गर्ने र सुलीमै चढाए पनि आफूहरुले पार्टी नछाड्ने उनको भनाइ छ ।
ओलीले पार्टी एकताको पुरै झ्याल–ढोका बन्द गरेको उनले बताए । नेता बिष्टले बन्द ढोकाको बलेनी मै बसेरै भए पनि पार्टी एकताका लागि लडिरहने जिकिर गरे । महाभारत कालमा सन्की शासकले रामलाई १४ वर्ष वनवास पठाएको उल्लेख गर्दै सत्यको जित हासिल गर्न रामलाई १४ वर्ष लागे झै आफूहरुलाई पनि सत्यको जित हासिल गर्न केही समय लाग्ने उनको भनाइ थियो ।
बहुमत सदस्यसहित ९ औं महाधिवेशनमा ओली प्यानलबाट निर्वाचित ३ जना उपाध्यक्ष समेत माधव नेपाल समूहमा रहेको उनले बताए ।
ओली पक्षको एउटा सानो समूहले गठन गरेको महाधिवेशन आयोजक समिती, स्थायी कमिटी, कसैलाई सुम्पिएको जिम्मेवारी र हटाइएको जिम्मेवारी मान्य नहुने उनले बताए ।
गुल्मीको हकमा साविक एमाले कै नेतृत्वले जिल्लादेखि वडा तहसम्म बैठक बोलाउन र साविककै कार्यकर्ताहरु समेट्न आफूले फोनमा पटक पटक भन्दै ओली समूहले धुर्कोटबाट समानान्तर कमिटी गठन गर्न सुरु गरेको उनको भनाइ थियो ।
साविक जिल्ला कमिटीका सचिव रहेका मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले साविक अध्यक्ष मधुकृष्ण पन्तसँग सोध्दा साविकको सचिव सापकोटालाई हामीले चिन्दैनौँ भन्नु एमाले टुक्राउने खेल माथिदेखि तलसम्म भएको विष्टले बताए ।
सच्चा एमाले नेता कार्यकर्ता , समर्थक र शुभेच्छुकहरु सचेत हुनु पर्ने नेता विष्टको भनाइ छ । शनिबार नै नेता बिष्टले मुसिकोट नगरपालिका १ पौदिअमाराई स्वाथ्य चौकी भवनको शिलान्यास गरेका छन् ।
कार्यक्रममा उनले सच्चा एमालेको ठूलो हिस्सा माधव नेपाल समूहमै रहेको र लोकतन्त्रको रक्षा र जनताको समृद्धिको सपना पूरा गर्न लागि परेको उद्घोष उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण